काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको खेलाँची नगर्न कांग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए ।
उनले भने– ‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनुभएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईंहरुको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ ? राष्ट्रियसभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? कतै स्थिरताको नाममा तपाईंहरुले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईंहरुको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar