काठमाडौँ – राजधानीमा विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता द मिसेस नेसनल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा द मिसेस नेसनल २०२४ को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले बेस्ट फिगरको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन् ।
महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फस्ट रनर्सअपका साथमा मस्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेन्ड रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट इलिजेन्ट उपउपाधि विजेता भए ।१६ विवाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाइस र मस्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मस्ट क्यारिजम्याटिक, रुबी किरण दास मस्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस फ्यासिओनिस्ता, सिर्जना बुढा थापा बेस्ट स्माइल, प्रमिला दाहाल मस्ट डिसिप्लेन, श्री कुँवर मस्ट इन्सपाइरिङ, रिंकल गुप्ता मस्ट आइकोनिक, रोजी थापा बेस्ट पर्सनालिटी, सुष्मा रेग्मी मस्ट कन्फिडेन्ट, मञ्जु पौडेल मस्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी बेस्ट वाक उपउपाधिको विजेता बन्न सफल भए ।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, मास्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरूलाई ४ घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरूमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेसनलको आयोजना गरिँदै आएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar