काठमाडौं – कोपा – अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १ – ० गोलअन्तरले उरुग्वेलाई हराएको हो । कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।
कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो । कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३ – ० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १ – १ गोलको बराबरीमा रोकेको थियो । समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो ।
कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि उचाल्न सकेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १ – ० गोलले हराएको थियो ।
लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्यानडालाई २ – ० गोलले हराएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar