काठमाडौं – बैदेशिक रोजगार बोर्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनका भरमा मनपरी खर्च गरेको पाईएको छ ।
श्रम मन्त्रालयद्धारा गत जेठमा आयोजित् श्रमाधान रोजगार मेलामा कोषका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले बोर्ड बैठकबाट निर्णय नै नगरी कोषको ४९ लाख रुपैयाँ बजेट खर्च गरेका हुन् । मेलामा श्रम मन्त्री डोलप्रसाद अर्याल (डीपी) र कोषका कार्यकारी निर्देशक डा. उप्रेतीले श्रमाधान रोजगार मेलाका नाममा नियमबिपरीत कोषको बजेट खर्चिएका हुन् ।
प्राप्त विवरण अनुसार मन्त्री र कार्यकारी निर्देशकको ताजबिजीमा प्रत्येक प्रदेशको मेलामा ७/७ लाख रुपैयाँ बजेट खर्च भएको छ । मेलामा मन्त्री र कार्यकारी निर्देशक मिलेर श्रमिकको कल्याणकारी कोषको रकम निर्णय प्रक्रिया समेत मिचेर रोजगार मेलाका नाममा खर्चिएको भन्दै अहिले बिवाद सुरु भएको छ ।
मेलामा खर्च गरिएको उक्त रकम बैदेशिक रोजगारमा जाने कामदारलाई सीपमुलक तालिम दिने, बिदेशमा अलपत्र कामदारलाई स्वदेश फर्काउन राहत दिने र फिर्ता आएका कामदार वा परिवारलाई आर्थिक सहयोग प्रदानमा प्रयोग गरिने भएपनी मन्त्री र कार्यकारी निर्देशक मिलेर कोषको रकम कानुनविपरीत खर्च गरिएको भन्दै अहिले प्रश्न उठेको छ ।
कोषको रकम बोर्ड बैठकको निर्णयबिना खर्च गर्न नमिल्ने भएता पनि बजेट व्यबस्थापनमा दबाब परेको भन्दै कोषबाट अनियमित तबरले लगेर खर्च गरियको हो ।
त्यस्तै बैदेशिक रोजगार प्रवर्धन सम्बन्धी काम गर्न भन्दै पनि कोषको उपयोग गर्न सकिने ऐनको ब्यबस्था देखाएर जब फेयर को नाममा चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट राखिएको थियो । त्यसमध्ये ५० लाख रुपयाँ म्यानपावर व्यवसायीलाई यूएईमा मेला गर्न दिएको बोर्डले श्रमाधान रोजगार मेलामा प्रक्रिया समेत पूरा नगरी थप ५० लाख खर्चिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेष्ठ १७ देखि ३० गते सातै प्रदेशमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा ८५ लाख ३३ हजार ८६५ रुपयाँ खर्च भएको श्रम मन्त्रालयको विवरणमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar