काठमाडौं – डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले सचिवसहित आफ्ना ७ जना नेतालाई निलम्बन गरेको छ । सो पार्टीले ७ जना नेतालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।
असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।
निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप) साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् ।
उनीहरूको निलम्बन असार २६ गतेदेखि लागू हुने पार्टीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar