काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
एमालेले नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरण गरेर नयाँ सरकार बनाउन यसअघि माओवादी नेतृत्वको प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेपछि दाहालले २८ गते पुनः संसदबाट विश्वासको मतको सामना गर्न लागेका हुन् ।
तर, एमालेले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न बुधबार आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar