काठमाडौँ – कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिर (सुन्तली) लामो समयपछि विदेशी कार्यक्रममा प्रस्तुति दिएका छन् । यो जोडीले सोमबार फिनल्यान्डको हेल्सिन्कीमा ५ वर्षपछि प्रस्तुति दिए । ‘धुर्मुस–सुन्तली साँझ’ कार्यक्रममा फिनल्यान्ड पुगेका उनीहरूले आफ्नो प्रस्तुतिमार्फत नेपाली दर्शकलाई हँसाए । उनीहरूको यो पहिलो युरोप कार्यक्रम हो ।
पछिल्लोपटक उनीहरूले विदेशमा २०७६ सालमा दुबईको कार्यक्रममा प्रस्तुति दिन पुगेका थिए । चौतारी इभेन्ट्सले युरोपका आधा दर्जन बढी देशमा यो कार्यक्रम आयोजना गरेको छ । जस अन्तर्गतको फिनल्यान्डमा भएको पहिलो कार्यक्रम भव्य भएको धुर्मुसको भनाइ छ ।
दोस्रो कार्यक्रम १३ जुलाईमा माल्टामा हुनेछ । यस्तै ३ अगस्टमा क्रोएसिया, ५ अगस्टमा बेल्जियममा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । साथै माल्टा, स्पेन, पोल्यान्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरूमा कार्यक्रममा आयोजना हुनेछन् । धुर्मुस सुन्तलीसहित कार्यक्रममा गायक बिष्णु खत्री, तुलसी शिवाकोटीको पनि प्रस्तुति छ । २०७२ सालको भूकम्पपछि सामाजिक सेवामा लागेका श्रीमानश्रीमतीसमेत रहेका धुर्मुस र सुन्तली गतवर्षदेखि कलाकारितामा फर्किएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar