काठमाडौँ – डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको छ । मंगलबार राति ९ बजे प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको हो ।
अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको हो । अर्घाखाँचीले ४४ करोड ८६ लाख, घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ र रिलायन्सले ७५ करोड ३७ लाख रूपैयाँ प्राधिकरणलाई वक्यौता तिर्न बाँकी छ ।
लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइनमार्फत् बिजुली उपभोग गरेका उद्योगहरूले शुल्क नतिरेपछि प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेको थियो । तर उद्योगहरूले अटेर गरेर उक्त समयमा वक्यौता नतिरेपछि विजुलीको लाइन काटेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar