जनकपुरधाम – नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा संसदीय दलको नेता चयनसम्बन्धी विवाद उत्पन्न भएको छ । हालसम्म माओवादी मधेस दलका नेता रहँदै आएका भरतप्रसाद साहलाई हटाउन बहुमत सांसदले माग गरेका छन् ।
दलका नेताबाट साहलाई हटाउनका लागि माओवादीका ९ मध्ये ६ सांसदले माग गरेपछि विवाद चुलिएको छ । दलका नेता साहलाई हटाउन संसदीय दलको कार्यालयमा प्रमुख सचेतक फकिरा महतो, सांसदहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सांसद रहबर अन्सारीले दलका उपनेता युवराज भट्टराईसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएको बताउँदै दलको बैठक बसेर सो प्रस्तावमाथि छलफल भई विधानअनुसार साहलाई दलको नेताबाट हटाउने निर्णय हुने बताए ।
अन्सारीले अर्थमन्त्री रहेका बेला बजेट बनाउँदा कर्मचारीले सिस्टम ह्याक गरेको भनेर संवेदनशील विषयमा गैरजिमेवारी जवाफ दिएको र मनपरी ढंगले निर्णय गरेकाले साहलाई दलका नेताबाट हटाउने पक्षमा आफूहरू उभिएको बताए । साह सतिशकुमार सिंह नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनले अभिभावकीय जिम्मेवारी निभाउन नसकेकोले हटाउन खोजिएको सांसद सुनिता यादवले बताइन् ।
सांसद यादवको अनुसार दलको नेता भएपछि अभिभावक जिम्मेवारी बुझ्नुभन्दा पटकपटक आफैँ मन्त्री हुने कार्यमा लागेकोले दलको नेता हुन उपयुक्त नभएकोले विधानअनुसार हटाउन पहल गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar