काठमाडौँ – क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडाविरुद्ध २-० को सहज जित हासिल गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक उपाधिनजिक पुगेको हो ।
पहिलो हाफको २२ओैँ मिनेटमा जुनियर अल्भारेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५१ओैँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।
अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबिचको विजेतासगँ खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar