काठमाडौं – कुमारी बैंकको कर्मचारी नै हुन्डी कारोबारमा संलग्न रहँदै आएको खुलेको छ ।
बैकको कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणालाई काठमाडौं प्रहरीले पक्राउ गरेसंगै उक्त विषय खुलेको हो । राणाले लामो समयदेखी बिदेशमा रहेका आफना आफन्तलाई रकम पठाउने भन्दै खातामा ठुलो रकम जम्मा गर्ने र झिक्ने गरेकी थिईन् । उक्त कार्यप्रति आशंका गर्दै प्रहरीले बैंकको प्रतिवेदनको आधारमा आज मंगलवार राणालाई पक्राउ गरेको हो ।
राणा बीरुद्ध बैंकले पनी प्रहरीमा उजुरी गरेको थियो । पक्राउ परेकी राणामाथी जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।
राणा बैंकको कर्मचारी युनियनकी नेता समेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar