काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका डा.मुकल ढकालले प्रतिक्रिया दिएका छन् ।
मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएपछी डा.ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका हुन् ।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने । डा.ढकालले आफू पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन्।
यद्धपी ढकालले आफु अझै रास्वपामै रहने पनि संकेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar