एजेन्सी – सिंगल स्क्रिन ल्यापटप नेपाल, भारत लगायत विश्वभर नै प्रयोग हुने गरेको भए पनि अब डुअल स्क्रिन भएको ल्यापटप पनि सार्वजनिक भएको छ ।यसलाई Acemagic X1 नामकरण गरिएको छ । यो ल्यापटपमा अगाडि र पछाडि दुईवटा स्क्रिन छन् ।
साथै यसलाई ३६० डिग्रीमा घुमाउन पनि सकिन्छ । डुअल स्क्रिन भएको यो विश्वको पहिलो ल्यापटप भएको कम्पनीको दाबी छ । यो स्क्रिन ३६० डिग्री होरिजेन्टली फोल्ड गर्न सक्ने सुविधा छ । यसको प्रयोगले प्रयोगकर्ताहरूले साइड बाइ साइड डुअल स्क्रिनको सुविधा भएको ल्यापटप पाउनेछन् ।
एक हिसाबले यसलाई फ्लिप स्क्रिन भएको ल्यापटप पनि भन्न सकिन्छ । प्रयोगकर्ताहरूले यसलाई आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्छन् । यदि प्रयोगकर्ताहरूले यसलाई साइड बाइ साइड डिस्प्लेको रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने प्रयोग गर्न सजिलो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar