काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।
गत बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछी थप कारबाहीको सिफारिस गर्न पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको थियो । अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।
सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा अहिले छलफल भइरहेको रास्वपा श्रोतले जनाएको छ । रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar