काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
आज (मंगलबार) बिहानका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वपाले जनाएको छ । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ ।
डा. ढकालमाथिको अनुसन्धानात्मक कारबाहीको प्रतिवेदन पार्टीको अनुशासन आयोगले सभापति रवि लामिछानेलाई बुझाइसकेको छ । आजको केन्द्रीय समिति बैठक र सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ । दुवै बैठकबाट निर्णय गरी डा. ढकालमाथि कार्वाही हुनसक्ने रास्वपा श्रोतको दावी छ ।
समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको बारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar