दाङ – दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् ।
सोमबार विहान तुलसीपुर उपमहानगरपालिका – ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा तुलसीपुर – ९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
केसीको दुवै हातमा सामान्य चोट लागेको छ भने सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको बताइएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar