काठमाडौं – मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो । यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ। स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबुलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।
डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ । त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबुलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ ।
केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबुल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबुलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar