काठमाडौँ – फिल्म ‘माइली’को एकसाथ २ गीत रेकर्ड गरिएको छ । काठमाडौँको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् ।
गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ। दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।
फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ । निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar