काठमाडौँ – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु बिमाको लक्षित वर्ग गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्बोधन गरी बिमाको पहुँच विस्तारका लागि समृद्धि लघु जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बिमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्षसम्म रहेको, बिमा अवधि न्यूनतम ५ वर्षदेखि २० वर्ष सम्मको रहेको र बिमांक रकम न्यूनतम १० हजारबाट नै बिमालेख लिन सकिने प्रावधान रहेको छ ।
बिमाशुल्क बापत न्यून रकम बुझाई बिमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने, अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बिमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने । आश्रित परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, व्रतबन्ध तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्नेजस्ता कुराहरू यस योजनाको आकर्षणको रूपमा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar