काठमाडौं – बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट मात्र जितेको छ ।
मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar