काठमाडौँ – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘शून्य उत्सर्जन, शून्य ब्याज योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा ५ वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । हुन्डाई कोना–२ भेरियन्टमा उपलप्ध छ । कोना जिएलको मूल्य ५९ लाख ९६ हजार र जिएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९ दशमलव २ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ । कोना इलेक्ट्रिकलाई एकपटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar