काठमाडौं – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका कप फूटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । क्वार्टर फाईनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो, जसमा अर्जेन्टिनाले बाजी मार्यो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सीस म्यक एलिस्टर, गोन्जालो मोन्टीयल, निकोलस ओटामेन्डीले गोल गरे।पहिलो प्रहार गर्न आएका अर्जन्टिनी कप्तान लियोनल मेस्सी चुक्न पुगे। इक्वेडरका लागि जोन एबोह र जोड्री साइसेडोले गोल गरे। सुरुवाती दुई पेनाल्टी प्रहार गर्न आएका एन्जल मेना, एलेन मिन्डा विफल भए। अर्जेन्टिनका गोल रक्षक ईमी मार्टिनेज फेरि नायक सावित भए । उनले इक्वेडरका शुरुवाती २ पेनाल्टी रोके । मेस्सीले शुरुकै पेनाल्टी मिस गरेपछि दबाबमा परेको अर्जेन्टिनाका लागि उनले उर्जा भरे ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको हो। कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित समयमा बराबरी भए समय नथपी खेलको निर्णय निधै पेनाल्टी सुटआउटबाट हुनेछ। खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा केभिन रोड्रिगोजको गोलमा इक्वेडरले रोमाञ्चक बराबरी गरेको गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए।
त्यसअघि पहिलो हाफको ३५ औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरवाती अग्रता बनाएको थियो। तर दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
अर्जेन्टिनाले अब सेमिफाइनलमा भेनेजुयला र क्यानडाबीचको दोस्रो क्वार्टरफाइनलको विजेताविरुद्ध खेल्नेछ। दोस्रो क्वार्टरफाइनल खेल शनिबार बिहान हुनेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar