पाँचथर – पाँचथरको फिदिम नगरपालिकामा धामीझाँक्री हेर्न आएका एक जनाको सामूहिक कुटपिटबाट मृत्युभएको छ । फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका ३७ वर्षीय दिनेशकुमार राईको सामूहिक कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरुबीच कुटाकुट हुँदा घाइते भएका ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल पाँचथर जिल्ला अस्पतालमा ल्याइएको थियो । तर, उनलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्य ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ । उनीहरुबीच झगडाको कारण खुल्न सकेको छैन भने कुटपिटमा संलग्न युवाहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar