जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असार २२ गते विश्वासको मत लिने भएका छन् ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले असार २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।
मधेस प्रदेशसभामा चौथो ठूलो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली काँग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राप्रपा, नेपाल समाजवादी पार्टीका, नागरिक उन्मुक्ति पार्टीका १–१ जना गरेर १०७ सदस्य छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar