काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मेघा हस्पिटल प्रालि सानेपामा उपचार सेवामा छुटसम्बन्धी सम्झौता गरेको छ । अब समृद्धि फाइनान्सका खातावालाहरूले २०८३ असार २० सम्म समृद्धि मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी उपचार शुल्क भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउनेछन् ।
समझदारी पत्रमा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक श्री किशोरजंग रानाले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar