काठमाडौं – नेकपा एमाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ भने समर्थन पनि फिर्ता लिएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरिएको हो ।
एमाले संसदीय दलका नेता लिला गिरीले समर्थन फिर्ताको पत्र बिहीबार मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाएका हुन् ।सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।
नेकपा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । साथै मन्त्रीहरुले राजीनामा समेत दिएका छन् ।
बिहीबार संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।
एमालेबाट दीर्घ सोडारी सरकारमा तीन जना मन्त्री थिए । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar