पोखरा – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औँ शाखा कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ। यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू १४ पुगेका छन्।
बिरौटामा बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन्। शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।
नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ। डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बताइएको छ।
नयाँ शाखाको शुभारम्भ गरेको दिनमा नै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा– १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू उपलब्ध गराएको छ। पाठशालामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar