काठमाडौं – नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।
गत मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका छन्।
सम्झौताबमोजिम महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउनेछ।
साथै सामुदायिक विद्यालयहरूका सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी प्राविधिक शिक्षक–कर्मचारीहरूले नेपाल बैंक लिमिटेडका सबै शाखाबाट छुटसहितको आकर्षक बैंकिङ सेवा सुविधा पाउने बताइएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar