काठमाडौं – सैदी पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन हुनेछ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा सैदी पावरका सञ्चालक समिति अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
कम्पनीले कास्कीमा रहेको सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बाँस्कोट सबस्टेसनमा जडान गरी बिक्री कार्य भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar