रौतहट – रौतहटको राजपुर नगरपालिका– १ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डबाट सशस्त्र प्रहरीको टोलीले लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले शेख इदरीस गेट अगाडि गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना १ ज ७१०९ नम्बरको सार्वजानिक भाडाको म्याजीक गाडीलाई रोकर चेकजाँच गर्दा सीटमुनि लुकाएर राखेको प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतबाट अवैधरुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागू औषध सहित भारत बिहार सीतामढ़ी जिल्लाको बखरी ४ राघोपुर निवासी २० वर्षीय रौशन कुमार र सोही गाउँ निवासी १८ वर्षीय अमितकुमार पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाको साथबाट buprenorphine injection २ एमएल २९९ पीस , promethozine hydrochhoride injection २ ml phenergan २९९ पीस र diazepam injecton २ ml ३०० पीस गरी ८९८ पीस प्रतिबन्धित लागू औषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar