काठमाडौं – सानिमा समूहको लगानी रहेको पाँच तारे होटल अकामाले साधारण शेयर जारी गर्नका लागि केयर एनपि डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ । होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो ।
केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो एघार महिनामा १९ करोड ६० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। यो गत आव २०७९।८० को तुलनामा ३० प्रतिशतले वृद्धि हो । रेटिङका अनुसार गत आवमा होटलको कुल सञ्चालन आय ७५ प्रतिशतले वृद्धि भएर १७ करोड ७० लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो । यो आयमध्ये ६१ प्रतिशत सभा समारोह र ३६ प्रतिशत आवासीय ग्राहकबाट प्राप्त भएको थियो ।
होटलको कारोबार आम्दानी बढे पनि उच्च ब्याज खर्चका कारण अझै पनि घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ह्रासकट्टी र कर अघिको मुनाफामा १०.३३ प्रतिशत रहेकोमा गत आवमा २५.०२ प्रतिशत पुगेको थियो । तर, उच्च ब्याज खर्चका कारण कम्पनीले खुद घाटा बेहोरेको छ । गत आर्थिक वर्षको तुलनामा होटलमा आवासीय ग्राहक आगमनमा ४७ प्रतिशतले वृद्धि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar