काठमाडौँ – चन्द्र पन्तको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँमा छायांकन धमाधम भइरहेको छ । अबको ४ दिनसम्म यो चलचित्रको काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिने फिल्म युनिटले जनाएको छ ।
४ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सक्ने योजनामा युनिट जुटेको हो । लगत्तै फिल्म युनिट पूर्णरूपमा चलचित्रको प्रचारप्रसार तथा पोस्ट प्रोडक्सनको काममा लाग्ने जनाइएको छ । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेसनल क्लबबाट छायांकन सुरु गरिएको चलचित्रको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
फिल्ममा बलिउड चलचित्र ‘गजनी’ का खलनायक प्रदीप रावत र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को खलनायक सुनिल वर्माको भूमिकाको छायांकन अहिले चलिरहेको छ् । उनीहरू छायांकनका लागि नेपाल आएको समयमा फिल्मले सञ्चार माध्यमलाई यसको जानकारी गराएको हो ।
बलिउड चलचित्र ‘गजनी’ भिलेन प्रदीप रावतले आफूले चलचित्रमा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी चलचित्र ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै निता राम्रो कलाकारसँगै निर्मातासमेत रहेको अनुभव सुनाए ।
निर्देशक चन्द्र पन्तलाई नेपाली चलचित्रको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकारसामु प्रस्तुत गरेका थिए ।यस्तै, दक्षिण भारतीय चलचित्र ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । चलचित्रको स्कृप्टअनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो चलचित्रले नेपाली चलचित्रलाई भारतीय चलचित्र उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया चलचित्र भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दी गरी ३ भाषामा यो चलचित्र रिलिज हुनेछ । आगामी ३ असोजमा प्रदर्शनमा आउने चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar