काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हाे ।
बैठकमा सहभागी एक नेता भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’ उनले दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने बताए ।
प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar