म्युनिख – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलअन्तर्गत उपाधि दावेदार इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति वेल्टिन एरिनामा भएको नाटकीय खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डका लागि ह्यारी केन र जुडे बेलिंघमले १–१ गोल गरेका थिए । स्लोभाकियाका इभान स्क्रान्जले १ गोल गरेका थिए । खेलको २५औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई पुनरागमन जित दिलाए । सुरुआती अग्रता जोगाउन नसक्दा स्लोभाकिया प्रतियोगिताबाट बाहिरिन पुग्यो । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।
यसअघि डेनमार्क र स्लोभानियासँगको बराबरी भएको खेलमा कमजोर प्रदर्शन गरेको आरोप वेलिंघममाथि थियो । इंग्ल्यान्डका लागि पहिलो ४५ मिनेट प्रतियोगिताकै कमजोर क्षण भएको समेत पण्डितहरूको मत छ । स्लोभानियासँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका चेल्सीका कोले पालमरलाई दोस्रो हाफमा मैदानमा उतारे पछि इंग्ल्यान्ड प्रभावकारी देखिएको थियो ।
सोमबार बिहान भएको अर्को खेलमा स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन अन्तिम ८ मा पुगेको हो ।
स्पेनका लागि रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरेका थिए । जर्जियालाई आत्मघाती स्वरूप १ गोल प्राप्त भएको थियो । खेलको १८औँ मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले आत्मघाती गोल गरेका थिए । त्यसपछि ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५१औँ मिनेटमा रुइज, ७५औँ मिनेटमा विलियम्स र ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ गोलको जित दिलाए । अब स्पेनले क्वार्टरफाइनलमा जर्मनीको सामना गर्नेछ । सुरुआतदेखि विपक्षीलाई दबाबमा राखेको स्पेनले आत्मघाती गोल गरेपछि फेरि अर्को अप्रत्यासित नतीजाको सम्भावना देखिएको थियो । यसअघि पहिलो चरणमा पोर्चुगललाई हराउँदै जर्र्जिया नक आउट चरणमा प्रवेश गरेको हो । स्पेनका रक्षक रोबिन डे लोमान्डले आत्मघाती गोल गरेका हुन् ।
म्यानचेस्टर सिटीका रोड्रीले तल्लो कर्नरमा प्रहार गरेको गोलले जर्जियाका गोलरक्षक जर्जी मामार डार्भस्लीलाई पार गर्दै गोलमा परिणत भएको थियो । १६ वर्षीय लामाइन अमालको पासमा रुइजले ५१आँै मिनेटमा स्पेनलाई अग्रता दिलाएका थिए । पराजयको बाबजुद जर्जियाले यस प्रतियोगितामा गरेको प्रदर्शनको सर्वत्र प्रशंसा भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar