काठमाडौँ – लुम्बिनी प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५–१५, २०–२५, २५–२० र २५–२० ले पराजित गरेको हो ।
महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३–० को सेटले पराजित गर्दै उपाधि जितेको छ । प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय रेफ्री जितेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार प्रतियोगितामा महिलातर्फ बागमती प्रदेशकी जेनिशा विश्वकर्मा र पुरुषतर्फ गण्डकी प्रदेशका विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । दुवै सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।महिलातर्फ उत्कृष्ट लिबेरो बागमती प्रदेशकी लिबेरो अन्जिला प्रधान र पुरुषतर्फ गण्डकी प्रदेशका जितबहादुर सार्कीले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट सेटरमा महिलातर्फ बाग्मतीकै भावना तामाङ र पुरुषतर्फ लुम्बिनी प्रदेशका दिपेश कुँवरले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।उत्कृष्ट सर्भर महिलातर्फ गण्डकी प्रदेशकी सोइङ थापाले जितिन् । पुरुषतर्फ भने गण्डकी प्रदेशका सूर्य विकले जिते । दुवै खेलाडीले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट स्पाइकर महिलातर्फ बागमतीकी सलिना बुढा मगर र पुरुषतर्फ लुम्बिनी प्रदेशका सागर रसौलीले जिते । यो विधामा पनि दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट ब्लकर महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरी भइन् भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका अर्जुन नेपालीले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको हो । महिलातर्फ गण्डकी प्रदेशले कोसी प्रदेशलाई हराउँदै तेस्रो भयो । गण्डकीले १ लाख पुरस्कार र मेडल प्राप्त गर्यो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar