काठमाडौं – गुगल ट्रान्सलेटमा नेपालभाषा (नेवारी) समेत समेटिएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई पहिचान गर्न थालेको हो । याेसँगै गुगल ट्रान्सलेटले विश्वभर बोलिने एक हजार बढी भाषा सपाेर्ट गर्ने कम्पनीले एक ब्लगमार्फत जनाएको छ ।
कम्पनीका अनुसार हालैमात्र यसमा विश्वका ११० भाषा थपिएका छन् । विश्व नेवा संगठनले अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)सँग सहकार्य गरी नेपालभाषालाई गुगल ट्रान्सलेटमा राख्न लामो समयदेखि काम गर्दै आएको थियो ।
ट्रान्सलेट डट गुगल डटकम (translate.google.com) मा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको वाक्य बायाँतिरको बक्समा राख्नुपर्छ । यसपछि दायाँतर्फ कुन भाषामा अनुवाद गर्नुपर्ने हो, सम्बन्धित भाषा छनाेट गरेपछि तल रहेकाे बक्समा स्वतः भाषा अनुवाद हुन्छ ।
साथै गुगल ट्रान्सलेटको एन्ड्रोइड तथा आईओएस एपमार्फत पनि यो सुविधा लिन सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar