म्युनिख – जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बियाले पनि गोलरहित बराबरी नै खेलेका छन् ।
बराबरीपछि इंग्ल्याण्ड समूह ‘सी’ मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट (अन्तिम १६) चरणमा पुगेको छ । त्यस्तै समूहमा डेनमार्क र स्लोभेनियाको ३–३ अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ ।
त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समूहका शिर्ष ४ देशले नक आउट चरणमा स्थान बनाउने छन् । त्यस्तै समूह ‘सी’बाट सर्बिया भने ३ खेलमा २ अंक जोड्दै बाहिरिएको छ ।
युरोकप फुटबलकै समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका ह्न् । यो बराबरीसँगै फ्रान्सले समूह विजेता बन्ने अवसर गुमाउँदै उपविजेतामा सिमित भएको छ । फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७९औँ मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अस्ट्रिया ६ तथा फ्रान्स ५ अंक सहित दोस्रो चरणमा प्रवेश गरे । ४ अंक भएको नेदरल्याण्ड्स पनि ४ अंक सहित तेस्रो हुदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
अहिलेसम्म समूह एबाट आयोजक जर्मनी र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश गरी सकेका छन् । समूह बीबाट स्पेन र इटाली दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह एफबाट पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरी सकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar