काठमाडौं – यही असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रोपाईँ दिवस मनाउने भएकोे छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा हुने सो कार्यक्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहकार्य र महिला सामूहिक कृषक समूह गोकर्णेश्वर नगरपालिका– ४ सहआयोजक रहने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
‘मानो रोपेर मुरी फलाउने दिन, राष्ट्रिय धान दिवस असार १५’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गौतमले बताए । रोपाईँ दिवस गोकर्णेश्वर नगरपालिकामै हुने सचिव कमल सरगमले बताए । उक्त कार्यक्रमका लागि वाइ वाइ चाउचाउ, श्री मानव सेवा फाउण्डेशन नेपाल, नगरकोट दोहोरी साँझ, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, टप राजधानी रोधी कल्ब, श्री आरोध्य मालिस तेललगायत विभिन्न संघ–संस्थाहरूले समेत सहयोग गरेको सचिव सरगमले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकारहरूको प्रस्तुती पनि रहने छ । लोकप्रिय गायक राजु परियार, बद्री पंगेनी, भगवान भण्डारी, शिवनारायण जोशी, लोकदोहोरी गायिका शिला आले, गायिका तथा उद्घोषीका मञ्जु पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरलगायतले प्रस्तुती दिने सचिव सरगमले जानकारी दिए ।
साथै, लोक गायक राजु परियारले असार १५ गते आफ्नो जन्मदिन परेकाले यसै धान दिवसका अवसरमा गोकर्णेश्वरमै मनाउन र रमाइलो गर्नका लागि सहभागी हुन सम्पूर्ण आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत् आग्रह समेत गरेका छन् ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं सांसद सन्तोस चालिसे, सोविता गौतम र गोकर्णेश्वरका नगरप्रमुख दिपक कुमार रिसाल सहभागी हुने सचिव सरगमले बताए । कार्यक्रमको समय भने बिहान ११ बजेबाट तोकिएको तर प्राविधिकका कारण ढिला पनि हुन सक्ने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar