काठमाडौं – नेकपा एकीकृत समाजवादीको नेतृत्व ९अध्यक्ष० पदको दाबीबाट सम्मानित नेता झलनाथ खनाल पछि हटेका छन् ।
यसअघी बर्तमान पार्टी अध्यक्ष माधव कुमार नेपालसंग अध्यक्ष पदमा चुनाव लड्ने भन्दै सशक्त दावी गर्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन् । खनाल निकट श्रोतका अनुसार महाधिवेशनका लागी देशभरबाट छनौट भई आएका प्रतिनिधीहरु अधिकांश अध्यक्ष माधव कुमार निकटका रहेको पाईएपछी अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।
खनालपछि हटेसँगै उनको साथ अहिलेका महासचिव घनश्याम भुसाललाई रहने भएको छ । यसअघि अध्यक्षमा नेपालसहित खनाल र भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए । सोहि विषयमा आज बुधवार विहान खनाल निवास डल्लुमा खनाल र महासचिव भुसालबीच छलफल भएको थियो । भेटमा खनालले आफू व्याक हटेको र भुसाललाई सहमतिबाटै अघि बढौँ भन्ने प्रस्ताव राखेका थिए । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गरेको बताइृएको छ ।
छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar