काठमाडौं – अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।
त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौँ स्थानमा रहेका छन् ।
त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसीफ सेख ६९औं स्थानमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar