काठमाडौँ – परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपाल र चीन दुवै देश सहमत भएका छन् । मंगलबार सम्पन्न नेपाल र जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा दुवै पक्ष आयोग बनाउन सहमत भएका हुन् ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डल सहभागी थियो । दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन नेपालले प्रस्ताव गरेको थियो । त्यसमा चीनले सहमति जनाएको हो ।
बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्री स्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको उल्लेख छ ।
भेटका क्रममा दुवै पक्षले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकन गरेका थिए । उनीहरूले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसरको प्राप्तिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुवै प्रतिनिधिमण्डलका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका आधार पञ्चशील रहेको दोहो¥याउँदै आपसी विश्वास, सद्भाव र समझदारीलाई नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बताए । परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपालको एलडिसी उत्तीर्ण हुँदा विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि आफ्ना समकक्षीलाई धन्यवाद दिइन् । उपमन्त्री वेइडोङले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे ।
दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा विचार आदानप्रदान गरेका छन् । उनीहरूले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवद्र्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायत क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको थियो । दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar