काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । साथै, सर्वोच्चले मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई निरन्तरता दिने आदेश दिएको छ ।
मंगलबार कुमार रेग्मी, नहकुल सुवेदी अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कार्कीले दायर गरेको रिट खारेज गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० वैशाख २७ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए ।
यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ २३ गते जटिल संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको औँल्याउँदै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए । उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar