काठमाडौं – एनआइसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफओ)को सदस्य बनेको छ ।
एनआइसी एसिया बैंक विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा बनेको पिसिएएफओको सदस्य बनेको हो । पिसिएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरू आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रहरूमा पनि पिसिएएफ द्रूतरूपमा बिस्तार भइरहेको बैंकले जनाएको छ ।
त्यस्तै, एनआइसी एसिया बैंकले भाखा नाघेका कर्जा असारभित्र तिर्ने ऋणीलाई छुट सुविधाको अफर ल्याएको छ । बैंकले चैतसम्म भाखा नाघेका कर्जाको हकमा यस्तो सुविधा ल्याएको हो । यसअनुसार ऋणीले असारभित्रै कर्जा भुक्तानी गरेमा जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याजमा भाखा नाघेको समयावधिअनुसार छुट पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar