काठमाडौं – अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।
कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।पाराग्वेका लागि जुलियो एनसिसोले ६९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ ।यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar