काठमाडौँ – कृषि क्षेत्र विशेष गरी अलैँचीमा संलग्न सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूको लागि ‘अलैँचीको वर्तमान, अवस्था, अवसर र चुनौतीहरू विषयक राष्ट्रिय सम्मेलन’ काठमाडौँमा आयोजना गरिएको छ ।
नेपाल अलैँची व्यवसायी महासंघ र स्विस विकास सहयोगद्वारा निर्देशित, स्विसकन्ट्याक्ट र वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) द्वारा सञ्चालन भएको नेपाल कृषि बजार विकास कार्यक्रमले संयुक्त रूपमा आयोजना गरिएको हो । यस सम्मेलनले अलैँची क्षेत्रको विकास र विस्तारका सम्भावनाहरू, यससँग सम्बन्धित नीति निर्माणका मुद्दाहरू, व्यापारको विविधीकरणमा योगदान पु¥याउनका लागि र सरोकारवालाहरूबीच संवादको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
पछिल्ला वर्षहरूमा नेपाल अलैँची ब्यवसायी महासंघ र नेपाल कृषि बजार विकास कार्यक्रमको सहकार्यमा प्रविधि विकासमार्फत गुणस्तर सुनिश्चितता एवं बजार प्रवद्र्धनमार्फत नेपालमा नै अलैँचीको खपत बढाउने उद्देश्यले विभिन्न नवीनतम कार्यहरू गरिँदै आएको छ । नेपाल विश्वको सबैभन्दा ठूलो अलैँची उत्पादक राष्ट्र हो । यसले विश्वमा हुने कुल उत्पादनको ६८ प्रतिशत (९ हजार ९९० टन) उत्पादन गर्छ भने अन्य अलैँची उत्पादन गर्ने देशहरू भारत र भुटान हुन् (काठमाडौँ पोस्ट २०२४) ।
नेपालले कुल राष्ट्रिय उत्पादनको ९८ प्रतिशत निर्यात गर्दछ । अलैँची ६०० देखि २ हजार मिटर उचाइ भएको पहाडी क्षेत्रहरूमा पाइन्छ । नेपालमा अलैँचीको अधिकांश उत्पादन पूर्वी क्षेत्रबाट हुने गर्दछ भने बिस्तारै नेपालको पश्चिमी क्षेत्रतर्फ पनि यसको बिस्तार हुँदै गएको छ । नेपालमा करिब ६७ हजार परिवारहरू अलैँची खेतीमा संलग्न छन् (उन्नति, २०१७) र यो उनीहरूको आयको प्रमुख स्रोत मध्ये एक हो । वर्तमान समयमा अलैँची खेती ४२ भन्दा बढी जिल्लाहरूमा फैलिएको भएता पनि कुल राष्ट्रिय उत्पादनको लगभग ७८ प्रतिशत कोसी प्रदेशका ४ जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाबाट हुने गरेको पाइन्छ ।
सम्मेलनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे । सम्मेलनको उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह, कृषि सचिव डा.दीपककुमार खरालको उपस्थिति रहेको थियो । यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, कार्यक्रममा कोसी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष हेमराज दाहालसहित करिब ८० जना सहभागीहरूको उपस्थिति थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar