काठमाडौँ – गुगल पोडकास्ट एप आजबाट बन्द हुने भएको छ । सन् २०१८ मा सार्वजनिक भएको यो एप गुगल प्ले स्टोरमा मात्रै ५० करोड भन्दा बढी पटक डाउनलोड भएको छ ।
गत वर्षको सेप्टेम्बरमा प्रविधिको दिग्गज कम्पनीले युट्युब म्युजिकको पक्षमा हुने गरी सन् २०२४ को कुनै दिन गुगल पोडकास्ट बन्द गरिने घोषणा गरेको थियो ।
यहि घोषणा अनुसार आज अर्थात् २४ जुनका दिन एप बन्द हुन लागेको हो ।
कम्पनीले युट्युब म्युजिकलाई पोडकास्ट, म्युजिक र भिडिओको अल–इन–वन गन्तव्य बनाउने प्रयासमा यस्तो कदम चालेको हो ।
प्रयोगकर्तालाई आफ्ना पोडकास्ट गुगलको स्वामित्वमा रहेको युट्युब म्युजिकमा लैजान अफर गरिरहेको छ ।
गुगल पोडकास्ट म्यानेजर प्रयोग गरी फ्यानहरूले आफ्ना पोडकास्ट युट्युब म्युजिक एपमा सार्न सक्छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar