काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत नियुक्तिको मापदण्ड टुंग्याएको छ । शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको रास्वपाले जनाएको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको हो । प्रतिवेदनमा राजूतका लागि ७ मापदण्ड उल्लेख गरिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने छन् ।
रास्वपाले भागबन्डामा दुई देशका लागि राजदूत पाएको छ । आफूले पाएको कोटाबाट राजदूत पठाउनुअघि रास्वपाले मापदण्ड तयार पारेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar