काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बिमा योजना भएको इन्स्योरेन्सले जनाएको छ ।
भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक क्षतिबाट बिमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्ने कम्पनीले जनाएको छ ।
यसअघिको बिमा योजनाहरूमा उमेरको आधारमा बिमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बिमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरू मध्ये सिटिजन बचत वृद्धि योजना पनि एक भएको कम्पनीले बताएको छ ।
थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सरिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ र यस योजनाको म्याचुरिटी ७० वर्ष सम्ममा हुने व्यवस्था रहेको छ । यस बिमा योजनामा न्यूनतम वार्षिक बिमाशुल्क १२ हजार रुपैयाँ रहेको छ र न्यूनतम बिमा अवधि १० वर्ष रहेको छ । बिमितले बिमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा बुझाउन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar