काठमाडौं – अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ ।समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३-१ ले पराजित गरेको हो ।
उरुग्वेका लागि म्याक्सिमिलयानो अराउजोले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डार्विन नुनेजले ८५औं मिनेटमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।इन्जुरी टाइमको पहिलो मिनेटमा मातिएस भिनाले गोल गरेपछि उरुग्वेले ३-० को अग्रता बनाएको थियो ।
पानामाका लागि माइकल मुरिल्लोले इन्जुरी टाइमको पाँचौ मिनेटमा सान्त्वना गोल फर्काए । उरुग्वेले अब बोलिभियासँग खेल्नेछ भने पानामाले अमेरिकासँग खेल्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar