काठमाडौं – सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको छ ।
आज बिहानमात्र बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेको समिति गठन गरेको छ । असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीले आन्दोलन घोषणा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar